Loading....

 

गुगल इन्पुट टूल्स install गर्ने तरिका
१.      www.google.com.np मा गई google input tools खोज्नुहोस् अथवा www.google.com.np/inputtools मा गई तलका प्रक्रिया पुरा गर्नुहोस्।
२.     अब खुल्ने window मा “On windows” मेनुमा क्लिक गर्नुहोस्।

 

३.     त्यसपश्चात् आउने window मा तस्बिरमा देखाएजसरी checkbox मा check गरी download बटन क्लिक गर्नुहोस्

 

 

 

 

४.     अब तपाईंको डाउनलोड भएको सेटअप फाइललाई Run गर्नुहोस्। Run गर्नको लागि इन्टरनेट कनेक्सन भएको सुनिश्चित गर्नुहोस्। यति गरेपश्चात तपाईंको कम्प्युटरमा Google Input Nepali इन्स्टल भयो।
५.     अब तपाइँले “Alt” Shift” एकैपटक थिचेर भाषा परिवर्तन गर्न सक्नुहुन्छ।
 
 
गुगल इन्पुट टूल्स प्रयोग गर्ने तरिका
 
१.     अब तपाईं आफ्नो कम्प्युटरमा गूगल इन्पुट टुल्स प्रयोग गरेर सजिलै नेपाली भाषामा टाइप गर्न सक्नुहुन्छ।
२.     नेपाली भाषा छानेपश्चात कुनै Text Editor खोल्नुहोस् (उदाहरणको लागि MS-Word, Notepad आदि) र टाइप गर्ने प्रयास गर्नुहोस्।
३.     अंग्रेजीमा टाइप गर्नुहोस् – नेपालीमा नतिजा पाउनुहोस्।
४.     कुनै अक्षर टाइप गर्न गाह्रो भएमा अथवा कुनै अक्षरको equivalent roman थाहा नभएमा ctrl k एकैपटक थिच्नुहोस्।
५.     तल देखाए अनुरुपको भर्चुअल किबोर्ड देखापर्छ।

 

६.     Character Picker मा अक्षर छनौट गर्न र equivalent roman हेर्न मिल्छ। जस्तै: क्ष लेख्नु पर्ने छ भने ksha लेख्नुपर्ने हुन्छ। तस्बिरमा हेर्नुहोस।

 

७.     Virtual Keyboard को प्रयोग गरेर तपाईंले माउसको सहायताले टाइप गर्न सक्नुहुन्छ। यसको अर्को प्रयोग पूर्ण विराम टाइप गर्नको लागि पनि हुन सक्छ। Ctrl+K थिची Virtual Keyboard अन राख्नुहोस्। त्यसपश्चात कीबोर्डमा Shift र . थिच्नुहोस् अथवा माउसको प्रयोगले Virtual Keyboard मा थिच्नुहोस्।
८.     यो application को प्रयोगबाट छिटो र सजिलोसँग नेपाली टाइप गर्न प्राक्टिस र हिज्जेको सहि ज्ञान जरुरी हुन्छ। केही समय गाह्रो लागे पनि थोरै मिहिनेत पश्चात् तपाइँले सजिलैसँग  अंग्रेजीमा लेखि नेपालीमा टाइप गर्न सक्नुहुन्छ।
युनिकोडको default फन्ट Mangal हुन्छ। प्रीति अथवा अन्य नेपाली फन्ट प्रयोग गरिरहेका user हरुलाई यो फन्ट त्यति आकर्षक नलाग्न सक्छ। युनीकोड support गर्ने अरु फन्टहरुमा Kalimati, Kokila र अन्य पर्दछन्। तपाईं आफ्नो ईच्छ्याअनुसार युनिकोडको फन्ट परिवर्तन गर्न समेत सक्नुहुन्छ। यो डकुमेन्ट युनिकोडमा Kalimati फन्ट प्रयोग गरेर बनाइएको हो।

 


This article/tutorial is written by Santosh Chapagain, ICTV, Butwal Sub-Metropolitan City Office. For feedback, please comment on the article below.

Last Update: August 1, 2017  

June 10, 2015   202   Santosh Chapagain    ICT Tools    
Total 0 Votes:
0

Tell us how can we improve this post?

+ = Verify Human or Spambot ?

Ask a question!

You will get a notification email when Knowledgebase answerd/updated!

+ = Verify Human or Spambot ?

Leave a Comment

Your email address will not be published. Required fields are marked *

*
*

Back To Top