Microsoft Excel का फाइलहरुमा विवरणहरु भरेर पठाउदा विच विचमा परिवर्तन भइ विग्रने खतरा हुने हुदा धेरै जसो हामीले PDF मा Convert गरेर पठाउने गर्दछौ। तर Password protected वनाइयो भने Excel मै पनि राख्न सकिन्छ। Excel मै फाइल राख्दा फाइल प्राप्त गर्नेले कुनै विवरण थप गर्न चाहेमा फाइल वनाउने मान्छे सङ्ग पासवर्ड माग गरि EDIT गर्न पनि सक्छ। त्यस्तो सुविधा PDF फाइलमा नहुने हुदा माइक्रोसफ्ट एक्सेल फाइलमा कसरी पासवर्ड राख्ने भनेर पनि जानी राख्नु फाइदाजनक नै हुने देखिन्छ। अझ रमाइलो कुरो त के पनि छ भने Excel मा एक भन्दा वढी सिटहरु हुन्छन र अगाडिका सिटहरुमा डाटा भर्ने र केही Summary Sheet वनाउने पनि गरिन्छ। Summary sheet मा फर्मुलाहरु लगाइएको हुन्छ र उक्त सिट चलाउनु पर्दैन। तर डाटा भर्ने हरुले अनावश्यक रुपमा यो सिटलाइ चलाएर विगार्ने गरेको पाइन्छ।त्यसैले त्यस्तो अवस्थामा summary sheet लाइ मात्रै password protected वनाउनु वुद्दिमतापुर्ण देखिन्छ।
अव हेरौ कुनै एउटा सिटलाइ प्रोटेक्ट गर्ने तरिका जुन निकै सजिलो छ तर पनि कति प्रयोगकर्ताहरुले यसको प्रयोग गर्ने मेसो पाउनु भएको छैन।
1.सर्वप्रथम Microsoft Excel खोल्ने
2.Review Tab मा क्लिक गर्ने
3.Sheet protect गर्ने भए Protect Sheet मा क्लिक गर्ने अनि Workbook Protect गर्ने भए Protect Workbook मा क्लिक गर्ने।
4.Protect Sheet गरेको खण्डमा तल देखाइएको जस्तो Window आउछ जहा password राख्ने ठाउ पनि देख्न सकिन्छ।
5. पासपोर्ड राख्ने ठाउ भन्दा तल प्रयोग कर्तालाइ कुन कुन काम गर्न दिने र कुनकुन नदिने भनी छान्न लगाइएको हुन्छ।आफ्नो आवस्यकता अनुरुप ठिक चिह्न लगाउने र नलगाउने गर्न सकिन्छ।
6.अन्तमा OK क्लिक गरेपछि पासवर्ड फेरी राख्न लगाउछ। Password Retype गरिसकेपछि OK गर्नुहोस र अव उक्त सिटमा कुनै पनि नया डाटा थप्न तथा मेटाउन मिल्दैन।
7. कुनै डाटा टाइप गर्न परेमा Unprotect Sheet गरी पहिले राखेको Password राखेर अगाडी वढ्न सकिन्छ।
This article/tutorial is written by Prabeen Kattel, ICTV Gorkha Municipality,Gorkha. For feedback, please comment on the article below.
Last Update: September 15, 2017
August 5, 2015 112 kattelprabeen Office Productivity
Total 0 Votes:
0
0





